तमु धिंमा मेजर जयबहादुर–रुपकुमारी गुरुङको सालिक अनावरण १ करोड १५१ रुपैयाको स्वास्थ्योपचारकोष स्थापना
पाेखरा | जेठ १७, २०८०
पोखरा: पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा तमु धिंका परमआदरणीय, समाजसेवी स्वर्गीय मेजर जयबहादुर गुरुङ र श्रीमती रुपकुमारी गुरुङको सालिक अनावरण गरिएको छ। मेजर गुरुङ दम्पत्तिले २०६७ सालमा १७ लाख ५ हजार रुपैयामा निर्माण गरिदिनुभएको तमु धिं नेपालको मुल घर, साँस्कृतिक भवन एवम हालै गुरुङ संग्रहालयको रुपमा विकास गरिएको भवनमा सदा स्मरण र सम्मानका लागि प्रतिस्थापित सालिकको समाजसेवी रुपकुमारी गुरुङले अनावरण गर्नुभएको थियो। उक्त अवसरमा तमु धिं नेपालका धार्मिक संयोजक लामा गोपाल गुरुङले पुजा एवम् मन्त्रवाचन गर्नुभएको थियो।
करिब साढे ६ लाखमा निर्माण एवम प्रतिस्थापित सालिक निर्माणमा समाजसेवी रुपकुमारी गुरुङ र तमु धिं नेपालको सहभागिता रहेको छ ।
यसै बिच समाजसेवी रुपकुमारी गुरुङले आर्थिक अभावमा स्वास्थ्योपचार समस्याले अकालमा कसैले जीवन गुमाउनु नपरुन भन्दै तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्व.मेजर जय–रुपकुमारी–स्व.उदयचन्द्र गुरुङ स्वाथ्योपचार कोष स्थापना गरिदिनुभएको छ। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको आग्रहमा तीन महिना अघि नै उक्त कोष स्थापित गरी मंगलवारको शुभदिनमा मंगलवार कोषको सार्वजनिक गरिएको हो ।
सामाजिक, साँस्कृतिक, धार्मिक, शैक्षिक, भौतिक निर्माण, दैविप्रकोप, स्वास्थ्योपचार एवम् समस्या रहेकाहरुलाई मानवीय तथा सामाजिक भावले विगतमा धेरै दान, सहयोग गर्दै आएको स्वर्गीय मेजर जयबहादुर गुरुङ, छोरा स्वर्गीय उदयचन्द्र गुरुङको सधै स्मरण र समाजसेवी रुपकुमारी गुरुङ सहयोगको अमरत्वका लागि कोष स्थापना गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो। कोष स्थापना गरिसकिएको छ, नियमावलीमा उल्लेख भए बमोजिम विधिगत ढंगबाट उपचार आवाश्यक तर आर्थिक विपन्नताले उपचार गर्न नसकिरहेकाहरुलाई सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा समाजसेवी रुपकुमारी गुरुङ र छोरी पवित्रा गुरुङलाई तमु धिं नेपालको तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो।
तमु धिं नेपालको अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सञ्चालन सचिव जुमकाजी गुरुङले गनुभएको थियो।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

